आइपिओ, हकप्रद, एफपीओ निष्कासन स्थगन तत्काल खोल्नुपर्छ : चन्द्र ढकाल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आइपिओ, हकप्रद, एफपीओ निष्कासन स्थगन तत्काल खोल्नुपर्छ : चन्द्र ढकाल


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइपिओ, हकप्रद, एफपीओ निष्कासन रोक्न नहुने बताएका छन्।

महासङ्घका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्र आइपिओ, हकप्रद, एफपीओ निष्कासनलाई स्थगन गर्नु बजारका लागि राम्रो नभएको भन्दै तत्काल खोल्न आवश्यक रहेको बताए।

अध्यक्ष ढकालले सरकार वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउन र लगानी जुटाउनका लागि लगानी सम्मेलन गर्ने तर लगानी सञ्चिति हुने आइपिओ निष्कासन स्थगन गर्नु नहुने बताए।

अध्यक्ष ढकालले संघीय, प्रदेश र स्थानीय सरकारले समेत लगानी सम्मेलन गरिरहेको बताए। उनले तीनै तहका सरकारको लगानी भित्र्याउन पहल भइरहेको अवस्थामा रियल क्षेत्रका कम्पनी आइपिओ निष्कासनको तयारी पूरा हुँदासमेत अनुमति नपाउनु राम्रो नभएको बताए।

उनले मुलुकमा वैदेशिक लगानी भित्र्याउनुपर्छ भन्ने तर सम्पूर्ण तयारी पूरा गरेका कम्पनीको आइपिओ रोकिँदा पुँजी थप गर्ने योजना बनाएका कम्पनीको व्यवसाय विस्तारदेखि कर्जा र इकुटीको रेसियो व्यवस्थापन समस्या पर्न थालेको बताए।

उनले सरकार र धितोपत्र बोर्डले रियल क्षेत्रलाई प्रोत्साहन गरी आइपिओ निष्कासन तत्काल अनुमति दिन आवश्यक रहेको बताए।

अध्यक्ष ढकालले सबै प्रक्रिया र मापदण्ड पूरा गरेर आइपिओे निष्कासनको लागि तयारी गरेका कम्पनीलाई अटो पाइलटको रूपमा आइपिओ निष्कासनमा जाने व्यवस्था गर्नुपर्ने बताए। उनले सरकारले लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने र राजश्व बढाउने प्राथमिकता दिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस