८ लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

८ लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ


२२ मंसिर २०८०, शुक्रबार


pakrau

काठमाडौँ । सामाजिक सञ्जालबाट ८ लाख ४ हजार ९ सय ८५ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका ७ बस्ने २५ वर्षका रमेश श्रेष्ठलाई काठमाडौँबाट प्रहरीले पक्राउ हो ।

फेसबुक, टिकटक र इन्स्टाग्रामको मार्केट प्लेसमा नाम राखी सस्तोमा आइफोन १२ प्रो, १३ प्रो जस्ता मोबाइलहरू बिक्रीमा राखी निवेदकहरूसँग अनलाइनमा च्याट गरी लगानी गर्न लगाई गिफ्ट दिने प्रलोभन र मोबाइल बिक्रीको झुट्टा विज्ञापन राखी ठगी गर्ने श्रेष्ठ पक्राउ परेका हुन्।

उनले पीडितहरूलाई डेलिभरीको सामान आइपुगेको भन्दै कस्टम चार्ज, डेलिभरी चार्ज र इन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनी पीडितलाई विश्वास दिलाई विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खातामा रकम पठाउन लगाई लिई ठगी गरेकोले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस