भरतपुर महानगरलाई चीनले दियो एआई प्रविधि जडित उच्चस्तरीय क्यामरा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगरलाई चीनले दियो एआई प्रविधि जडित उच्चस्तरीय क्यामरा


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै चीनको सिआन सिटीले आई प्रविधि जडित तस्बिर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा (साइडबोट) उपलब्ध गराएको छ ।

सियान सिटीका प्रतिनिधिले बिहीबार महानगरपालिकाकी मेयर रेनु दाहाललाई उक्त क्यामरा हस्तान्तरण गरेका हुन् ।

पर्यटकीय पूर्वाधार मानिने उक्त क्यामराले १० किलोमिटर टाढाका दृश्यलाई सजिलै कैद गर्न सक्ने महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सकिन्छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ ।

चेम्बर अफ कर्मशका सेक्रेटरी डा. उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्नेछ । बाँकी स्थानमा आवश्यक उपकरण ल्याउने जनाइएको छ ।

भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्नेछन् । कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर प्रचार-प्रसार गर्न सकिनेछ । भरतपुरमा प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थान छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस