बीआरआई परियोजनाबाट बाहिरियो इटाली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बीआरआई परियोजनाबाट बाहिरियो इटाली


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । इटालीले आधिकारिक रूपमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना छोडेको छ ।

इटाली पहिलो पटक २०१९ मा यस परियोजनामा सामेल भएको थियो । यो परियोजना मार्च २०२४ मा सकिँदै थियो । इटालीले यस अवधिभन्दा तीन महिनाअघि चीनलाई सूचना दिएको थियो ।

रोयटर्सका अनुसार एक चीनलाई पठाएको पत्रमा इटालीले बीआरआई सम्झौता नवीकरण नगर्ने उल्लेख छ ।

चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा महत्त्वाकाङ्क्षी योजनाको रूपमा बीआरआई घोषणा गरेका थिए ।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईलाई नयाँ सिल्क रुट पनि भनिन्छ । यो धेरै देशको कनेक्टिभिटी प्रोजेक्ट हो । बीआरआई अन्तर्गत एसिया, युरोप र अफ्रिकाका ७० देशलाई रेल, सडक र समुद्रबाट जोड्ने योजना छ ।

इटालीले आफ्नो अर्थतन्त्र र राम्रो पूर्वाधारको विकासका लागि बाह्य लगानीको कडा आवश्यकता महसुस गरिरहेको बेला चीनको बीआरआई परियोजनामा सामेल भएको थियो । अन्य युरोपेली देशहरू जस्तै इटालीले पनि पछिल्लो दशकमा तीन वटा मन्दीको सामना गरेको थियो।

युरोपियन युनियनसँग इटालीको सम्बन्ध राम्रो थिएन । यस्तो अवस्थामा वैदेशिक लगानीबाट देशको अर्थतन्त्रलाई टेवा दिन इटालीको झुकाव चीनतर्फ बढेको हो । ४ वर्षपछि इटाली सरकार चीनसँगको सम्झौताबाट पछि हटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस