संवैधानिक नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नभ्याइनेमा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

संवैधानिक नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नभ्याइनेमा


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिट फेरि पनि हेर्न नभ्याइनेमा परेको छ । बुधबारसहित यो मुद्दामा लगातार तीन पटक हेर्न नभ्याइनेमा परेको हो ।

२०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार पेसी तोकिएको थियो । तर बुधबार पनि यस मुद्दा हेर्न नभ्याइनेमा परेपछि यस मुद्दामा लगातार तीन पटक र हालसम्म ६ पटक हेर्न नभ्याइनेमा परेको हो ।

बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुस्मालता माथेमा र कुमार रेग्मीको इजलासमा उक्त रिटको पेसी तोकिएको थियो । अगाडि अन्य मुद्दाको पेसी रहेको र अगाडिको मुद्दामा सुनुवाइ हुँदा यस रिटको पालो नआएकाले हेर्न नभ्याइनेमा परेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस