राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित


२० मंसिर २०८०, बुधबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)मा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति भएको छ ।

देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता दल नेपाल आज २०८० मंसिर २० गतेबाट राप्रपा नेपालमा समाहित हुने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

५ बुँदे सहमति पत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय जनता दल नेपालका अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका छन् ।

राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति पत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र तथा सर्वधर्म सहभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापनाको निम्ति आगामी दिनमा सशक्तरुपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्बर्द्धनवादको वैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गीण आर्थिक विकास र समृद्धि हाम्रो साझा लक्ष्य हुने तथा सामाजिक न्याय, समानता, समावेशिता एवं मधेस, पहाड र हिमालको समानुपातिक विकास प्राथमिकता रहने जनाइएको छ ।

भ्रष्टाचारको अन्त्य तथा कृषि, पर्यटन एवं उद्योग व्यवसायको प्रवर्द्धनद्वारा देशभित्र रोजगारीको अवसर सिर्जना गर्न प्रयत्नशील रहने र राप्रपा नेपालमा समाहित भएको राष्ट्रिय जनता दल नेपालका नेता र कार्यकर्ताहरूलाई ससम्मान विभिन्न पदहरूमा समायोजन गरिने सहमति भएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस