प्रधानमन्त्रीद्वारा एनसेल प्रकरणबारे छलफल गर्न गठबन्धनको बैठक आह्वान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीद्वारा एनसेल प्रकरणबारे छलफल गर्न गठबन्धनको बैठक आह्वान


१९ मंसिर २०८०, मंगलबार


फोहर व्यवस्थापन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर बिक्रीका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् ।

पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन मङ्गलवार महोत्तरी पुगेका उनले मङ्गलवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका लागि उनी काठमाडौँ फर्कँदै छन् ।

कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना सम्बन्धमा समाचार प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस