बिमाप्रतिको विश्वसनीयता बढाउनुपर्नेमा मुख्यमन्त्री चौधरीको जोड « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बिमाप्रतिको विश्वसनीयता बढाउनुपर्नेमा मुख्यमन्त्री चौधरीको जोड


१९ मंसिर २०८०, मंगलबार


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अवस्था आएको बताएका छन् ।

विश्वसनीयता बढे मात्रै पनि यसको महत्त्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बिमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताए । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बिमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।

कोरोनापछि बिमा कम्पनीहरूको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आवश्यकता अनुसार बिमा नीति बनाउने जानकारी दिए ।

कार्यक्रममा सहभागीहरू बिमा भुक्तानीमा समस्या र झन्झेट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरूले कोरोना बिमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासो समेत गरेका थिए ।

त्यसैगरी कृषिमाबाली बिमा गर्नुपर्ने, पूर्वाधारको बिमा गर्दा सहज हुनुपर्ने र जीवन बिमामा भुक्तानीमा छिटो-छरितो गरिनुपर्ने सुझाव दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस