एनएसएलमा आज ललितपुर सिटी र वीरगन्ज युनाइटेड भिड्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एनएसएलमा आज ललितपुर सिटी र वीरगन्ज युनाइटेड भिड्दै


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा आज ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर सिटी एफसी र अन्तिम नवौं स्थानमा रहेको नवप्रवेशी टोली वीरगन्ज युनाइटेड एफसीबीच मंगलबार हुने प्रतिस्पर्धामा जारी खेलमा अङ्कविहीन बनेको वीरगन्ज युनाइटेड आजको खेलबाट पहिलो जित निकाल्न चाहन्छ ।

यसअघि दुई खेल खेलेको युनाईटेडले दुवै खेलमा जित गुमाएको छ । दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि वीरगन्ज युनाइटेड धनगढी एफसी र एफसी चितवनसँग समान २–१ ले पराजित भएको थियो । युनाइटेडले आज तेस्रो खेल खेल्दै पहिलो जितको खोजीमा छ ।

यता ललितपुर एफसीले मंगलबार आफ्नो चौथो खेल खेल्दै छ । ३ खेल खेलेको ललितपुर एक जित र दुई बराबरीबाट ५ अङ्कसहित अंक तालिकाको दोस्रो स्थानमा छ । ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका छ । हाल ३ खेलबाट ७ अङ्कसहित धनगढी शीर्ष स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस