महाधिवेशन सार्न नेकपा एसका नेता सहमत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महाधिवेशन सार्न नेकपा एसका नेता सहमत


१८ मंसिर २०८०, सोमबार


नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको माघमा गर्ने भनिएको महाधिवेशन सार्न नेताहरू सहमत भएका छन् । यद्यपि, आज बसेको सचिवालयले बैठकले अर्को मिति तय गर्न सकेन । सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले महाधिवेशनबारे छलफल भएको बताए ।

उनले भने, ‘आज हामीले महाधिवेशनबारे छलफल गर्‍यौँ । त्यसबारे थप निर्णय भोलि गछौं । भोलि बिहान ११ बजेबाट फेरि बैठक बस्छ ।’ उनले महाधिवेशनको विषयलाई लिएर पार्टी अध्यक्ष र सम्मानित नेताबीच कुनै विमति नरहेको दाबी गरे ।

उनले भने, ‘उहाँहरूले अहिलेसम्म सार्वजनिक रूपमा भन्नुभएको छैन । कुनै मतहरू नबाँझि महाधिवेशन हुँदैन । महाधिवेशन बिचारहरूको विमर्श गर्ने ठाउँ हो । राजनीतिक, वैचारिक, सङ्गठनात्मक पार्टीलाई अगाडि बढाउनको लागि छलफल गर्ने ठाउँ हो ।

सम्मानित नेता झलनाथ खनालले पनि राष्ट्रिय अन्तराष्ट्रिय जटिलता लगायतको विषयमा छलफल भएको बताए । उनले भने, ‘महाधिवेशनबारे हामी छलफलमा छौँ । माघ १० गते राष्ट्रियसभाको चुनाव हुने भयो । त्यसैले हामी सोच्दैछौं छलफल गर्दैछौं । निर्णय भएको छैन ।’

महाधिवेशनको मितिबारे छलफल भएपछि राष्ट्रियसभाको निर्वाचनको कारणले मिति तलमाथि हुनसक्ने बताए । महाधिवेशनमा नेतृत्वको दाबी गर्ने तयारी गरेको खनालले एकदुई साता मात्रै सार्नुपर्ने पक्षमा छन् ।

तर, माधव नेपालसहित अधिकांश नेताहरू एकदुई महिना नै सार्ने मनस्थितिमा छन् । नेताहरू महाधिवेशन सार्न सहमत भएपनि मितिबारे एकमत हुन सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस