निर्देशक पदको प्रस्तुति र अन्तर्वार्ता स्थगित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निर्देशक पदको प्रस्तुति र अन्तर्वार्ता स्थगित


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि सोमबार तोकिएको प्रस्तुति र अन्तर्वार्ता स्थगित भएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल संयोजक र प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गर्दै सोमबार बिहान ८ बजे प्रस्तुति र अन्तर्वार्ताको समय निर्धारण गरेको थियो ।

तर, समितिले अन्तिम समयमा प्रस्तुति र अन्तर्वार्ता स्थगित गरेको सूचना जारी गरेको छ । प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि निर्देशक पदको प्रस्तुति र अन्तर्वार्ता स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार भागबन्डाको कारण प्रस्तुति र अन्तर्वार्ता रोकिएको हो ।

आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज र एक बोर्ड निर्देशकको रिक्त पदका लागि समितिले नाम सिफारिस गर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस