निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने काँग्रेसको एजेण्डा पारित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने काँग्रेसको एजेण्डा पारित


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित गरेको छ ।

‘निर्वाचनमा हामी आफैँ लड्ने हो, तालमेल गर्ने छैनौँ’, पहिलो सम्मेलनपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी सभापति अम्मरसिंह पुनले भने, ‘काँग्रेसले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्छ, यो एजेण्डा आसन्न काँग्रेस महासमिति बैठकमा पनि लैजाँदैछौं ।’

मुलुक सङ्घीयतामा गएको लामो समय भए पनि अधिकार प्रत्यायोजन नभएको काँग्रेस लुम्बिनीको निष्कर्ष छ । सङ्घीयताबारे पनि आवश्यक छलफल गर्नुपर्ने सम्मेलनको निचोड छ ।

‘केन्द्रले अधिकार नदिएपछि त्यसको मर्म, भावना र उद्देश्यअनुसार काम हुन सकेको छैन । त्यसैले यो विषयमा पनि अब छलफल गर्नुपर्छ’, प्रदेश सभापति पुनले भने ।

उनका अनुसार सम्मेलनले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारमा जाने व्यक्तिहरूलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्नुपर्ने एजेण्डा अघि सारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस