मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ जना बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ जना बेपत्ता


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका छन् ।

ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको उद्धार गरिएको छ । त्यसअघि ४९ उद्धार गरिएको थियो । उद्धार गरिएकाहरूमध्ये धेरैजसोको शरीर जलेको छ भने उनीहरू निकै कमजोर अवस्थामा रहेका उद्धारकर्मीहरूले बताएका छन् ।

इन्डोनेशियामा १२७ वटा सक्रिय ज्वालामुखीहरू छन् । तिनैमध्ये २ हजार ८९१ मिटर अग्लो मारापी पर्वतमा आइतबार ज्वालामुखी विस्फोट भएको थियो ।

उक्त ज्वालामुखीका कारण झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुवाँको मुस्लो उठेको थियो । गाडी र घरहरू धुवाँ र खरानीले ढाकिएको दृश्य भिडियोमा देखिन्छ ।

पदयात्रामा रहेकाहरू त्यही ज्वालामुखीमा परेका थिए । नजिकै अर्को एक सानो ज्वालामुखी पनि विस्फोट भएकाले उद्धारकार्य प्रभावित भएको छ ।

स्थानीयवासीलाई ज्वालामुखी विस्फोट भएको ठाउँभन्दा कम्तीमा तीन किलोमिटर परै रहन निर्देशन जारी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस