अध्यक्ष ओलीद्वारा दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अध्यक्ष ओलीद्वारा दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

‘झुलाघाट-चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आइतबार दैलेख पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका ओली सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् ।

त्यस क्रममा अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खननका बारेमा स्थानीयसँग जानकारी लिनुका साथै श्रीस्थान मन्दिरको दर्शन समेत गरेको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको पाँचौँ दिन एमालेले आज सोमबार सुर्खेतमा जनसभा गर्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस