संसदीय सभापति चयनबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

संसदीय सभापति चयनबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन 


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । संसदीय सभापति चयन र बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बसेको बागमती प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा कुनै सहमति नजुटेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल बैठक सकिनु अघि नै बाहिरिएका छन् । 

मुख्यमन्त्री जमकट्टेलको सक्रियतामा प्रदेश सभामुखको सचिवालयले बोलाएको बैठकमा सरकार गैरजिम्मेवार बनेकाले कुनै सहमति नभएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले जनाएको छ । बैठकपछि कुरा गर्दै एमाले नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीले एनजीओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको बताए । 

एकीकृत समाजवादी संसदीय दलको नेता कृष्ण खनालले सबैको कमजोरीका कारण बैठक निष्कर्षविहीन बनेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस