युरोकपको ड्र सार्वजनिक, पहिलो खेल जर्मनीले स्कटल्यान्डसँग खेल्ने « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

युरोकपको ड्र सार्वजनिक, पहिलो खेल जर्मनीले स्कटल्यान्डसँग खेल्ने


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ को ड्र सार्वजनिक भएको छ । गए राति भएको ड्र अनुसार साविक विजेता इटली र स्पेन एकै समूहमा परेका छन् । इटली र स्पेनसहित क्रोएसिया र अल्बानिया समूह ‘बी’ मा छन् ।

इटलीले युरो २०२० को फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीसुटआउटमा हराएर उपाधि जितेको थियो । युरोकपमा कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । ड्र अनुसार पहिलो खेल आयोजक जर्मनी र स्कटल्यान्डबीच हुने छ। जर्मनी समूह ‘ए’ मा छ । यस समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड पनि छन् ।

यस्तै समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इंग्ल्याण्ड छन् । फ्रान्स, नेदरल्याण्ड्स र अष्ट्रिया समूह ‘डी’ मा छन् । यस समूहको अर्को टिमको टुङ्गो प्लेअफ खेलपछि हुनेछ । प्लेअफ ‘ए’ को विजेता यस समूहमा पर्नेछन् । यस्तै समूह ‘ई’ मा बेल्जियम, रोमानिया र स्लोभाकिया छन् भने प्लेअफ ‘बी’ को विजेता यस समूहमा पर्नेछ ।

यसैगरी समूह ‘एफ’मा टर्की, पोर्चुगल र चेक रिपब्लिक छन् भने प्लेअफ ‘सी’ को विजेता यस समूहमा पर्नेछ । प्लेअफ ‘ए’ मा पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया, प्लेअफ समूहमा ‘बी’ मा इजरायल, बोस्निया एण्ड हर्जगोभिना, युक्रेन र आइसल्याण्ड तथा प्लेअफ ‘सी’ मा जर्जिया, ग्रीस, कजाखस्तान र लक्जेमवर्ग छन।

तीनवटै समूहको विजेता मात्र युरो कपमा पुग्नेछन् । युरोकप २०२४ को उद्घाटन खेल घरेलु टोली जर्मनी र स्कटल्याण्डबीच हुनेछ । यो खेल जुन १४ मा म्युनिखस्थित एलिएन्ज एरेनामा हुनेछ । यस्तै फाइनल खेल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस