व्यापारीसँग महिनावारी रकम उठाउने नक्कली प्रहरी पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

व्यापारीसँग महिनावारी रकम उठाउने नक्कली प्रहरी पक्राउ


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । व्यापारीसँग महिनावारी रकम उठाउने एक जना नक्कली प्रहरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा आदर्श कोतवाल गाउँपालिका-८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोविन्द महतो कोइरी छन्।

कोइरीले ५-६ महिनादेखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट  खटिआएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भनी वीरगञ्ज महानगरपालिका-२३ हरपतगञ्ज स्थित व्यापारीसँग महिनावारी रकम उठाउँदै आएको प्रहरीको दाबी छ।

कोइरीलाई वीरगञ्ज महानगरपालिका-२३ स्थित २३ सुगौली बिर्ता केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। पक्राउ परेका उनलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको थापाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस