वैदेशिक रोजगारबारे निबन्ध प्रतियोगिता हुँदै, पहिलो हुनेले ५० हजार पाउने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगारबारे निबन्ध प्रतियोगिता हुँदै, पहिलो हुनेले ५० हजार पाउने


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । वैदेशिक रोजगार बोर्डले डिसेम्बर १८ मा मनाइने आप्रवासी कामदार दिवसको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

‘सुरक्षित वैदेशिक रोजगार’ विषयमा विद्यालयस्तरीय राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ । प्रतियोगितामा देशभरका जुनसुकै विद्यालयका ९ कक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थीले भाग लिन सक्नेछन् ।

कम्तीमा एक हजार शब्दमा लेखिएको निबन्ध यही मङ्सिर २५ गतेभित्र पठाइसक्न बोर्डले अनुरोध गरेको छ । निबन्ध प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस