केपी ओली कप : बागमतीले आर्मीलाई दियो १२८ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केपी ओली कप : बागमतीले आर्मीलाई दियो १२८ रनको लक्ष्य


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १ सय २८ रनको लक्ष्य दिएको छ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो। बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाए। कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए।

४४ रनमा ६ विकेट गुमाएको बागमतीका कप्तान सन्दीप र प्रतिकले बागमतीलाई सम्हालेका थिए। बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ तथा विवेक यादवले १ विकेट लिए।

Tags :
प्रतिक्रिया दिनुहोस