समाचार प्रभाव : नेपाली डोमेनबाट हट्यो भारतीय कम्पनीको वेबसाइट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समाचार प्रभाव : नेपाली डोमेनबाट हट्यो भारतीय कम्पनीको वेबसाइट


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेपाली डोमेन र सर्भर प्रयोग गरेर सञ्चालन भइरहेको भारतीय निजी कम्पनीको वेबसाइट हटाइएको छ । नेपाली डोमेन र सर्भर दुरुपयोग गरी भारतीय निजी कम्पनीले वेबसाइट सञ्चालन गरेको विषय प्रशासनले बाहिर ल्याएपछि उक्त वेबसाइट हटाइएको हो ।

यसअघि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको वेबसाइटमा राखिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको लिङ्कमा क्लिक गर्दा भारतीय निजी कम्पनी ज्योति ग्रुपको वेबसाइट खुल्ने गरेको थियो । समाचार प्रकाशन भएपछि उक्त लिङ्क खुल्दैन ।

योजना मन्त्रालयको वेबसाइटमा राखिएको भूमि मन्त्रालयको लिङ्क अहिले खुल्दैन । तर, यसअघि उक्त लिङ्कमा क्लिक गर्दा भारतीय कम्पनीको वेबसाइट खुल्ने गरेको थियो ।

हेर्नुस् लिङ्क

५ जनवरी २०२० मा त्यही डोमेनमा नेपाली सरकारी वेबसाइट थियो ।

हेर्नुस् लिङ्क

जीओभी डट एनपी नेपाली डोमेन नेपाली सरकारी कार्यालयले मात्र प्रयोग गर्न पाउने प्रावधान विपरीत भारतीय कम्पनीले अनधिकृत रूपमा प्रयोग गरेको विषयमा प्रश्न उठेपछि सरकारी एकीकृत डाटा केन्द्रले उक्त वेबसाइट हटाएको हो । जीओभी डट एनपी नेपाली डोमेन र सर्भर प्रयोग गरेर भारतीय निजी कम्पनी ज्योति ग्रुपको वेबसाइट सञ्चालन भएको थियो ।

सम्बन्धित समाचार : नेपाली डोमेन र सर्भरको दुरुपयोग, मन्त्रालयको वेबसाइटमा भारतीय कम्पनीको रजगज

Tags :
प्रतिक्रिया दिनुहोस