सचिव, सहसचिव लगायतका कर्मचारीले भूकम्पपीडितलाई सात दिनको तलब दिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सचिव, सहसचिव लगायतका कर्मचारीले भूकम्पपीडितलाई सात दिनको तलब दिने


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले जाजरकोट भूकम्पपीडितहरूका लागि आफूहरूको सात दिनको पारिश्रमिक दिने निर्णय गरेका छन् ।

आयोगको बुधवार बसेको बैठकले नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको हो।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट तीन दिन, उपसचिव र शाखा अधिकृतहरूबाट दुई दिन र सोभन्दा तलका कर्मचारीहरूबाट एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको जानकारी दिए।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो भने ३७२ जना घाइते भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस