बक्यौता रकम बुझाएपछि स्वास्थ्य मन्त्रालयमा जडान गरियो विद्युत् « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बक्यौता रकम बुझाएपछि स्वास्थ्य मन्त्रालयमा जडान गरियो विद्युत्


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विद्युत् जडान गरिएको छ।

स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् काटिएको थियो।

सम्बन्धित समाचार : विद्युत् महसुल नतिरेपछि काटियो स्वास्थ्य मन्त्रालयको लाइन

मन्त्रालयले मंगलबार २ लाख ८८ हजार ३५७ रुपैयाँ महशुल बुझाएको छ। नेपाल विद्युत् प्राधिकरणको बुटवल कार्यालयमा पुगेर महशुल बुझाएपछि विद्युत् जडान गरिएको नेपाल विद्युत् प्राधिकरण लमही शाखाले जनाएको छ ।

मन्त्रालयलाई बुटवलमा विद्युत् महशुल बक्यौता रहेको विषयमा जानकारी नदिएर दाङमा रहेको मन्त्रालयको लाइन काटिएको मन्त्रालयले जनाएको थियो। मङ्सिर ५ गते विद्युत् काटिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस