काँग्रेसको ३ भ्रातृसंस्थाको अध्यक्ष नियुक्ति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसको ३ भ्रातृसंस्थाको अध्यक्ष नियुक्ति


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।

देउवाले नेपाल प्रजातन्त्र सेनानी सङ्घको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुङ्गा), नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यी तीन भ्रातृ संस्था काँग्रेसको विधान अनुसार म्याद सकिएर स्वतः विघटन भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस