सांसद सिंहको निलम्बन फुकुवा « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सांसद सिंहको निलम्बन फुकुवा


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । हत्या तथा डाँका अभियोगमा पक्राउ परेपछि निलम्बनमा परेका मधेश प्रदेश सांसद अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा भएको छ।

गत भदौ १८ गते पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेकोमा सो अवधिमा संसद् बन्द रहेकाले सोही मिति देखि लागु हुने गरी प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २१० बमोजिम उनलाई निलम्बन गरिएको पत्र प्रकाशन गरिएको थियो।

कार्तिक २३ गते थुनाबाट तारेखमा छुटेको अदालतको आदेश सहित उक्त निलम्बन फुकुवाको लागि सभाको सचिवालय मार्फत सिंहले मङ्सिर ११ गते निवेदन दिएकाले तारिखमा छुटेको मितिदेखि निलम्बन फुकुवा भएको सोमबार बसेको प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलले सभालाई जानकारी गराएका छन्।

सप्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित सांसद यादवलाई २०६४ सालमा भएको घटनामा पक्राउ गरिएको थियो। खोक्सरप्रवाहा गाविस-१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या आरोपमा उनी फरार सूचीमा थिए।

तत्कालीन बोदे बर्साइन गाविस-४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस-५ वैरिया टोलमा पुर्‍याई पाँचवटा गोली हानी चौधरीको हत्या गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस