राखेप सदस्यसचिव घिसिङले एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राखेप सदस्यसचिव घिसिङले एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टङ्कलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ।

नेपाल रग्बी सङ्घका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएबापत सम्मान गरिएको हो। उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई अवार्ड प्रदान गरिएको थियो ।

सदस्यसचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन्। सदस्यसचिव घिसिङ २०१२ मा नेपाल रग्बी सङ्घको अध्यक्षमा निर्वाचित भएयता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए।

२ वर्षअघि उनी राखेप सदस्य-सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस