प्रधानमन्त्री ‘प्रचण्ड’ बुधबार युएई जाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ बुधबार युएई जाने


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएको छन् ।

बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’ त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप-२८) को २८औँ सम्मेलनमा भाग लिन युएई जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । कोप-२८ को २८औँ सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईको दुबईमा हुनेछ । प्रधानमन्त्री डिसेम्बर ३ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस