वैदेशिक रोजगार विभागको सर्भरमा समस्या आएपछि श्रम स्वीकृति अवरुद्ध « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वैदेशिक रोजगार विभागको सर्भरमा समस्या आएपछि श्रम स्वीकृति अवरुद्ध


११ मंसिर २०८०, सोमबार


काठमाडौँ। वैदेशिक रोजगार विभागको सर्भरमा समस्या आएको छ । सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने कार्य दुई दिनदेखि अवरुद्ध भएको छ ।

विभागमा सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सर्भर मर्मत गर्नुपर्ने भएकाले अनलाइनबाट लिने श्रम स्वीकृति रोकिएको हो । विभागको सर्भरमा समस्या देखिएपछि अनलाइनबाट नयाँ लिने संस्थागत र व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने जस्ता कार्यहरू आइतवारदेखि रोकिएको विभागले जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएको बताउँदै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

विभागका निर्देशक मदन दहालले विभागको डाटा सिंहदरवारमा रहेको एकीकृत डाटा सेन्टरमा (जीआईडीसी) मा फाइल सार्ने काम भइरहेको बताए । उनले सोक्रममा विभागको सिस्टममा नयाँ कागजातहरू अपलोड गर्ने जस्ता कार्यहरू रोकिएको बताए ।

यद्यपि, बाँकी कामहरू भने जारी रहेको उनले बताए । उनले सम्भवतः आज बेलुकादेखि नै सेवा पुनः सुचारु हुने बताए । केही वर्षयता वैदेशिक रोजगार विभागले अनलाइन माध्यमबाट श्रम र पुनः श्रम स्वीकृतिको सेवा दिँदै आएको छ । यो प्रणाली लागूभएसँगै श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीले मुक्ति पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस