जाजरकोट घर भएका कर्मचारीद्वारा भूकम्प पीडितलाई आर्थिक सहयोग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जाजरकोट घर भएका कर्मचारीद्वारा भूकम्प पीडितलाई आर्थिक सहयोग


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । जाजरकोट घर भएका कर्मचारीहरूले जिल्लाका भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग गरेका छन् ।

काठमाडौँ उपत्यकाका साथै अन्य जिल्लामा कार्यरत कर्मचारी र जाजरकोट जिल्लामा सेवा गरेका कर्मचारीहरूले २ लाख ८९ हजार ८४८ रुपैयाँ सहयोग गरेका हुन् ।

सङ्कलित रकम भूकम्प प्रभावित राहत कोष जाजरकोटको खातामा जम्मा गरिएको बताइएको छ ।

गत कात्तिक १७ गते राति बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्र भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति भएको छ ।

भूकम्प प्रभावितहरू त्रिपालमा बसिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस