नेपाल अडिटर्स एसोसिएसन केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल अडिटर्स एसोसिएसन केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैटौँ राष्ट्रिय महाधिवेशनपछिको चौथो केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न भएको छ।

उक्त बैठक संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। संस्थाका कोषाध्यक्ष बलराम चौधरी र महासचिव प्रेमबहादुर श्रेष्ठले पेस गरेको आर्थिक र साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरी सुझावसहित पारित गरिएको हो।

साथै संस्थाको ०८० फागुनभित्र प्रदेश परिषद् सम्पन्न गरिसक्ने र चैत दोस्रो हप्ताभित्र काठमाडौँमा केन्द्रीय ९राष्ट्रिय० परिषद् सम्पन्न गरिसक्ने निर्णय गरेको छ।

बैठकमा अडानले विगतदेखि उठाउँदै आएका विषयमा सम्बन्धित निकायबाट उचित सम्बोधन नभएकाले नयाँ ढङ्गले अघि बढ्न नेतृत्वलाई ध्यानाकर्षणसमेत गराइएको थियो।

देशभरबाट प्रतिनिधित्व गरेका केन्द्रीय पदाधिकारी एवं सदस्यहरूले आ-आफ्नो क्षेत्रका पेसागत मुद्दा एवं गतिविधिका सन्दर्भमा प्रकाश पारेका थिए।

यसअघि अडानलाई अझ सशक्त क्रियाशील, पेशागत नमुना सङ्गठन बनाउन केन्द्रबाट सम्बन्धित प्रदेशको उपाध्यक्षको संयोजकत्वमा कार्य विभाजन गरी जिम्मेवारीसमेत तोकिएको थियो।

बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग सम्झौता भई कार्यान्वयन नभएका मुद्दा चाँडो सम्बोधन गर्न, हालै पश्चिम नेपालमा गएको भूकम्पबाट पीडितलाई समयमै राहत नपुगेकोमा सरकारसमक्ष ध्यानाकर्षण, इजरायल तथा गाजा क्षेत्रको आत्मघाती युद्ध रोकिनुपर्ने, सूचीकृतका सम्बन्धमा उठेका समस्याको दीर्घकालीन हल गर्नुपर्ने, बढ्दो बेरोजगारी समस्यालाई समाधानका उपाय खोज्नुपर्ने, बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न ठोस कार्ययोजना ल्याउन, सिटिइभिटी र अडानको सम्झौताबमोजिमको तालिम सञ्चालनको काम चाँडै सुरु हुने अवस्थामा रहेको बताइएको छ।

सबै जिल्ला तथा प्रदेश समितिलाई जानकारी गराउने, घ वर्गको लेखापरीक्षण गर्ने सीमा आइक्यानबाट पारित भए पनि अर्थ मन्त्रालयबाट स्वीकृत नभएकोमा चाँडोभन्दा चाँडो सो स्वीकृत गर्न र पहल गर्नसमेत सम्बन्धित निकायसँग ध्यानाकर्षण गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस