भागवण्डा पुर्‍याउन मन्त्रालय थपेर जान नहुनेमा काँग्रेस लुम्बिनीको अडान « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

भागवण्डा पुर्‍याउन मन्त्रालय थपेर जान नहुनेमा काँग्रेस लुम्बिनीको अडान


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । आफ्नै पार्टी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई मन्त्रालय थपेर भागवण्डा मिलाउन नहुने भन्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको पुरानो अडान दोहोर्‍याएका छन् ।

अहिलेको अवस्थामा प्रदेशमा मन्त्रालय थप्नुपर्ने कुनै कारण नभएको जनाउँदै उनले कसैलाई भागवण्डा पुर्‍याउन यो अवस्थामा मन्त्रालय थप्ने विषयमा पार्टीले सहमति नजनाउने स्पष्ट पारे । आइतबार नेपाल प्रेस युनियनले पाल्पामा गरेको पत्रकार भेटघाटमा सभापति पुनले मुख्यमन्त्रीसहित १० मन्त्रालय यथावत रहेकाले थप्न नहुने बताए ।

सभापति पुनले मन्त्रालय थप्ने कुनै कारण नरहेको बताउँदै अहिले भएका मन्त्रालयलाई पूर्णता दिएर काम गर्न सुझाव दिएको उनले बताए । अहिलेको अवस्था अर्थतन्त्र डामाडोल भएको र यस्तो अवस्थामा मन्त्रालय र मन्त्री थपेर जनताको इच्छा, आकाङ्क्षा पूरा नहुने उनले बताए ।

‘आठ दलको सरकार छ, सबैलाई भागवण्डा पुर्‍याउनुपर्ने हुन्छ,सबैलाई धेरै चाहियो भनेर अझ दुई वटा मन्त्रालय थप्न प्रस्ताव आएको छ । पार्टीले नीतिगत रूपमा १० भन्दा बढी बनाउन हुँदै भन्नेछ’, उनले भने, ‘यसलाई पूर्णता दिनुस् पहिला त्यसपछि अवस्था परिवर्तन भयो भने संघीय कानुन, ऐन बनेपछि जिम्मेवारी पूर्ण भएपछि मात्र थप्न राम्रो हुन्छ, जसलाई बनाउने हो बनाउने तर छिटो मन्त्रीपरिषद् पूर्णता दिनुपर्ने अवस्था छ ।’

मंसिर १६ र १७ गते रुपन्देहीको बुटवलमा हुने काँग्रेसको लुम्बिनी प्रदेशको सम्मेलनपछि तत्कालै मन्त्रीपरिषद्ले पूर्णता पाउने विश्वास सभापति पुनको छ । उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई केन्द्रबिन्दुमा राखेर जनताको माग सम्बोधन गरेर सरकार अघि बढ्नुपर्ने उनले जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस