कुशल भुर्तेलको सतकप्रेरीत पुलिस क्लबले मधेस प्रदेशलाई दियो १७६ को लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कुशल भुर्तेलको सतकप्रेरीत पुलिस क्लबले मधेस प्रदेशलाई दियो १७६ को लक्ष्य


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले उत्कृष्ट शतक प्रहार गरेका छ ।

मधेस प्रदेशविरुद्ध कुशलले ५५ बलमा शतक पूरा गरेका हुन् । उनले ८ चौका र ७ छक्का प्रहार गरेका छन् । उनी ५७ बलमा १०२ रन बनाएर आउट भए ।

भुर्तेलको शतकको मदतमा पुलिस क्लबले निर्धारित २० ओभरमा मधेस प्रदेशलाई १ सय ७६ रनको लक्ष्य दिएको छ । 

मधेस प्रदेशले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस