हेटौँडा उपमहानगर र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हेटौँडा उपमहानगर र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एक कार्यक्रम गरेर दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम गरिएको हेटौँडा उपमहानगरले जनाएको छ । प्रमुख लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमत पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई पालिकाकाबीच आपसमा असल अभ्यास, कार्य सम्पादनका सवालमा सिकाई लगायतका विषय आदान-प्रदान गर्नका लागि भगिनी सम्बन्ध कायम गरिएको हेटौँडा उपमहानगरपालिकाको भनाई छ ।

गुरु रेम्पोछेको प्रतिमा शिलान्यास सहित दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापितको उद्देश्यले आयोजित कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी लगायतको उपस्थिति थियो । हेटौँडा उपमहानगरपालिकाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट आफ्नो पहिलो भगिनी सम्बन्ध सुरुवात गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस