सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति ?


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस