प्रविधिको विकाससँगै लैङ्गिक हिंसाको स्वरुप परिवर्तन चुनौतीपूर्ण : वसन्तबहादुर कुँवर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रविधिको विकाससँगै लैङ्गिक हिंसाको स्वरुप परिवर्तन चुनौतीपूर्ण : वसन्तबहादुर कुँवर


८ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । प्रविधि विकाससँगै समाजमा देखा परेको लैङ्गिक हिंसाका स्वरुप परिवर्तन भइरहँदा घटना छानबिन र पीडितलाई न्याय दिलाउने काम जटिल बनेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् ।  

काठमाडौंमा शुक्रबार आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौतीका बाबजुद प्रहरीले पीडितका पक्षमा काम गरिरहेको बताए । प्रविधिको विकाससँगै आधुनिक समाजमा लैङ्गिक हिंसाको स्वरुपमा भइरहेको परिवर्तनले शान्ति सुरक्षा कायम गर्न चुनौती थपेको उनको भनाइ थियो । प्रविधिमैत्री तवरबाटै चुनौती समाधान गरी पीडितलाई न्याय दिन प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।  

‘लैङ्गिक हिंसाका स्वरुप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले हामीलाई थप चुनौती रहेको पक्षलाई स्वीकार गर्दै नेपाल प्रहरी पीडितलाई न्याय दिने प्रयासमा प्रतिबद्ध छ,’ उनले भने । 

नेपाल प्रहरी सङ्गठनले लैङ्गिक हिंसाका घटनालाई उच्च प्राथमिकता र संवेदनशीलताका साथ सम्बोधन गर्दै आएको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस