धनकुटामा एकै परिवारका ३ जना मृत फेला « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

धनकुटामा एकै परिवारका ३ जना मृत फेला


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

धनकुटा नगरपालिका-१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती भीमा गुरुङ र ११ वर्षका छोरा आयूष घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ६ वर्षकी छोरी आसिकी सकुशल रहेकी छन् ।

गएराति घरायसी विवादमा झगडा भएपछि बुबा टीकारामले छोरीलाई छिमेकीको घरमा लगेर छोडेका प्रहरीको भनाइ छ ।

त्यसपछि घटना भएको देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस