रास्वपाका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रास्वपाका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमानमार्फत बदनाम गराउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मंगलवार साँझ उपेन्द्र देवकोटा र शिव शर्मालाई नियन्त्रणमा लिएको हो ।

महानगर प्रमुख दाहाल र पत्रकार सन्तोष देउजाको फोटो सामाजिक सञ्जालमा राखेर बदनाम गराउन खोजेको आरोपमा मौखिक उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको चितवन प्रहरी स्रोतले जनाएको छ ।

शर्माले महानगर प्रमुख दाहाल र पत्रकार देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए ।

शर्माले दाहाल र देउजाको फोटो राखेर रास्वपाका सभापति रवि लामिछानेको खेदो खनेको भन्दै पत्रकार देउजालाई धम्की समेत दिएका थिए । 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस