युवा सङ्घको कार्यक्रम तीनकुनेमा हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

युवा सङ्घको कार्यक्रम तीनकुनेमा हुने


४ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । 

युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् । 

सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा सङ्घले कार्यक्रमको स्थान परिवर्तन गरेको हो । 

सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले  निर्धारित कार्यक्रम सोही मिति र समय (बिहान ११ बजे) मा काठमाडौँस्थित तीनकुनेमा हुने अध्यक्ष थेवेले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस