राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाने


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल छठ पर्वका अवसरमा आज गुहेश्वरी र कमलपोखरी जाने भएका छन्।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ४ बजे गुहेश्वरी र ४ः३० बजे कमलपोखरी जाने कार्यक्रम छ ।

छठको मुख्य दिन आज साँझ अस्ताउँदै सूर्यलाई अर्घ्य दिई मनाइन्छ। आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई-मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ। बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस