चाडपर्व मनाएसँगै काठमाडौँ फर्किनेको भीड « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चाडपर्व मनाएसँगै काठमाडौँ फर्किनेको भीड


१ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपालीहरूको महान् चाड विजया दशमी र दीपावली मनाएर काठमाडौँ उपत्यका फर्किनेहरुको संख्या बढेको छ ।  

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् । सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरुको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरु राजधानीका सडकहरुमा बाक्लै देखिन्छन् । 

सरकारी तथा निजी कार्यालयहरू खुल्न थालेसँगै काठमाडौँ उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् । काठमाडौँ उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा शुक्रबार घरबाट काठमाडौँ फर्किनेहरुको चहलपहल बाक्लो देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस