टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता हुँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता हुँदै


१ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् । टिकटक बन्द गर्ने सरकारी निर्णय बदरको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गर्न लागेका हुन् ।

रिट दर्ताका लागि आफू अदालत परिसरमा पुगिसेको उनले प्रशासनलाई जानकारी दिए । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको उनले बताए । त्रिपाठीले उत्प्रेषण, परमादेश एवं प्रतिषेध लगायतका अन्य उपयुक्त आदेश जारी गरी पाउँ भनी रिट हाल्न लागेको बताए ।

सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत सोमबार टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस