दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना


३० कार्तिक २०८०, बिहिबार


खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ ।

नौगाड -२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड -३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस