अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता


३० कार्तिक २०८०, बिहिबार


काठमाडौँ। चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । उनीहरुबीच एपेक शिखर सम्मेलनका अवसरमा क्यालिफोर्नियामा भेटवार्ता भएको हो ।

भेटमा उनीहरू यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा केन्द्रित एउटा कार्य समूह गठन गर्न सहमत भएका छन् ।

ऊर्जा सङ्क्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त/सहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसले दुवै देशलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र सहयोगमा संलग्न भएको देखिएको संयुक्त रूपमा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘दुवै पक्ष मानव जातिको वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीमध्येको एक जलवायु संकटको सामना गर्नका लागि एकसाथ र अन्य पक्षहरूसँग मिलेर काम गर्न सहमत भएका छौँ’ विज्ञप्तिमा भनिएको छ ।

ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः शुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस