देश, युवा र राजनीति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

देश, युवा र राजनीति


२९ कार्तिक २०८०, बुधबार


नालापानी शुक्रराजको उपमाबाट उठेको मेरो देश
असङ्ख्य प्राकृतिक उपहार संस्कृतिको सञ्चित अनुपम भेष ।।

ढुगां, खुकुरी र बन्चरोको बीउले विश्वमा चिनियौ
पहरेदार, अलराउन्डर जे भन जगमा तिमी नै थियौ ।।

दुई ढुङ्गाको तरुल मेरो सुन्दर देश कसरी तिमी थिचियौ
पश्चिम महाकाली पूर्व मेची भन्दा नि पर कसरी मिचियौ ।।

राजनीति मूल नीति हो तर दूषित भइ गनाउँदै छ
नीति, विचार सिद्धान्त भुलेर नेतृत्वले नै विकृति झैँ बनाउँदै छ ।।

विसङ्गति,भ्रष्टाचार र अराजकता अव तोडिनुपर्छ
युवाहरू रानितिसँगै व्यवसाय र सृजनशीलतामा जोडिनुपर्छ ।।

हे युवा हे युवा सुनेन चित्कार भोगेर पिडा मातृभूमिको
खै साम्राज्य वा विस्तारवाद के हो कुन्नि भूमि चाहिँ ऋषिमुनिको ।।

परिवर्तनका लागि समता र समानताको अधिकार पाउनुपर्छ
जसको भिजन र मिसन प्रष्ठ छ उही नेतृत्वमा आउनुपर्छ ।।

देशको मुहार र अवस्था बदल्न अव सबै जागौँ
सुखी नेपाली, समृद्ध नेपालको नारालाई आत्मासाथ गरी लागौँ ।।

Tags :
प्रतिक्रिया दिनुहोस