टिकटक बन्द गर्ने निर्णयको स्वागतमा युवाहरूले गरे मैनबत्ती प्रज्वलन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टिकटक बन्द गर्ने निर्णयको स्वागतमा युवाहरूले गरे मैनबत्ती प्रज्वलन


२७ कार्तिक २०८०, सोमबार


जनकपुरधाम । सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै सिरामा युवाहरूले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् ।

सोमबार साँझ सिरहा मिर्चैयामा युवा अभियन्ता पङ्कज शर्माको नेतृत्वमा युवाहरूले मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका हुन् । उनीहरूले सरकारलाई निर्णयबाट पछाडि नहट्न आग्रह  गरेका छन् । 

शर्माले विगत लामो समयदेखि टिकटक बन्द गर्नुपर्ने अभियान चलाएका थिए । टिकटकबाट सामाजिक सद्भाव भड्काउने र समाजमा अश्लीलता फैलाउने गरिएकाले बन्द हुनुपर्ने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस