बेलायतका पूर्वप्रधानमन्त्री क्यामरुन विदेश सचिवमा नियुक्त « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बेलायतका पूर्वप्रधानमन्त्री क्यामरुन विदेश सचिवमा नियुक्त


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । बेलायतमा तेस्रो वर्ष अगाडि नै प्रधानमन्त्री भएका डेभिड क्यामरुन विदेश सचिव भएका छन् । सन् २०१० देखि सन् २०१६ सम्म बेलायती कन्सरभेटिब पार्टीका नेताको रूपमा उनी प्रधानमन्त्री भएका थिए । आज फेरबदल भएको नयाँ क्याबिनेटमा उनी विदेश सचिव भएका हुन् । यो विदेशमन्त्रीको बेलायती नाम हो ।

बेलायती प्रधानमन्त्री ऋषि सुनाकले क्यामरुनलाई विदेश सचिव नियुक्ति गरेका छन् । बेलायती तथा युरोपेली मिडियाहरुले क्यामरुनले विदेश सचिवको रूपमा काम गर्दा इजरायल हमास र अरब विश्वको समस्या अन्त्य गर्न पहल कदमी लिन सक्ने बताएका छन् । रोचक कुरा सन् २०१० मा ऋषि सुनाक कन्सरभेटिब पार्टी प्रवेश गर्दा क्यामरुन सोही पार्टीका प्रधानमन्त्री थिए ।

सुनाकको पहिलो संसदीय यात्रा सन् २०१५ मा रिचमण्ड योर्कबाट सुरु हुँदा पनि क्यामरुन प्रधानमन्त्री नै थिए । आफू प्रधानमन्त्री हुँदा राजनीतिक करिअर सुरु गरेको नेताकै नियुक्तिमा उनको कनिष्ट अनुहार भएर बस्न क्यामरुनले सदासयता देखाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस