टिकटक बन्द गर्ने निर्णय सरकारले तुरुन्त फिर्ता गर्नुपर्छ : रास्वपा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टिकटक बन्द गर्ने निर्णय सरकारले तुरुन्त फिर्ता गर्नुपर्छ : रास्वपा


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टिकटक बन्द गर्ने निर्णय सरकारले तुरुन्त फिर्ता लिनु पर्ने बताएको छ । 

मन्त्रिपरिषद्को आज (सोमबार)को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। यसबारे टिप्पणी गर्दै रास्वपाका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले बन्द समाधान नभएको बताएका हुन्।

‘सामाजिक सञ्जालसँग सम्बन्धित विषय विज्ञहरू पनि छन्। उहाँहरूसँग छलफल गरेर कसरी नियमन गर्न सकिन्छ, यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, भन्नेबारे छलफल गर्नुपर्थ्यो। टिकटकका राम्रा कुराहरू पनि होलान्, त्यसको उपयोगबारे पनि सोच्न सकिन्थ्यो। तर, बिदाको दिन पारेर सरकार बन्द गर्ने निर्णयमा पुग्यो। यसबारे हामी केहीबेरमा धारणा सार्वजनिक गर्छौँ,’ उनले भने।

यस्तै, रास्वपा सांसद शिशिर खनालले सरकारले टिकटक बन्द गर्ने निर्णय ठिक नभएको बताएका छन्। ‘सामाजिक सञ्जाल लगायत अन्य माध्यम को गलत प्रयोगलाई नियमन गर्नुपर्छ। तर एउटा मात्र प्लेटफर्मले गर्दा सामाजिक सद्भाव बिग्रियो, राष्ट्रियता कमजोर भयो भन्नु प्रविधिको विकासलाई नबुझ्नु हो। टिकटक त धेरैमध्ये एउटा माध्यम हो। सरकार अधिनायकवादी बाटोमा हिँड्न खोज्यो। यस्ता निर्णयहरूले अभिव्यक्ति स्वतन्त्रलाई कुठिण्त गर्छ। सरकारले यो निर्णय तुरुन्त फिर्ता गरोस्,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस