टिकटक बन्द गर्ने सरकारको निर्णय  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टिकटक बन्द गर्ने सरकारको निर्णय 


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको छ । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक रोक लगाउने निर्णय गरेको हो ।

टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै सरकारले रोक लगाउने निर्णय गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रशासनसँग भनिन्, ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भएको हो ।’

यससम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने उनले जानकारी दिइन ।

बालबालिकादेखि वृद्ध वृद्धासम्मै टिकटकमा झुम्मिँदै गर्दा मनोसामाजिक समस्यासमेत देखा पर्न थालेका थिए । अभिव्यक्ति स्वतन्त्रताका नाममा अमर्यादित शब्दहरू मात्रै होइन, धर्म, समुदाय, संस्कृति र व्यवस्थाका विषयमासमेत उत्तेजना फैलाउने प्रतिस्पर्धा जस्तै चलेको थियो । यससँगै गृह मन्त्रालय कुनै न कुनै हिसाबले टिकटकको नियमन गर्ने अवस्थामा पुगेको थियो ।

केही समयअघि मात्रै साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच छलफलसमेत भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस