राहत सामग्री जलाउने दुई जना पक्राउ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राहत सामग्री जलाउने दुई जना पक्राउ


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । राहत सामग्री जलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-२ का ३६ वर्षीय गोपाल बुढा र २५ वर्षीय खिमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरीका अनुसार राहत सामग्रीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले आइतबार बेलुका साढे पाँच बजेतिर भूकम्प पीडितका लागि वितरित राहत सामग्री पेट्रोल छर्किएर जलाएका थिए।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस