नेपाल एयरलाइन्सको जहाजमा समस्या « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेपाल एयरलाइन्सको जहाजमा समस्या


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न लागेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ ।

नेपाल एयरलाइन्सको नाइन एन(एबीयू कलसाइनको हवाई जहाज आज बिहान ८ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो ।

हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर यात्रुहरूलाई जहाजबाट ओरालिएको छ ।

जहाजमा प्राविधिक समस्या देखिए पछि यात्रुहरू समयमा उड्न नपाउँदा समस्यामा परेका छन् । हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस