भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा २ करोड ५१ लाख बढीको पशुधनको क्षति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा २ करोड ५१ लाख बढीको पशुधनको क्षति


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा करिब २ करोड ५१ लाख २३ हजार रुपैयाँ बढीको पशुधनको क्षति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार जाजरकोटमा ६ सय २२ पशुपन्छी भूकम्पका कारण मरेका छन् । यसैगरी रुकुम पश्चिममा ३ सय ५१ पशुपन्छी मरेका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार जाजरकोटमा गाई गोरु ११, राँगा भैँसी १९, भेडा बाख्रा १ सय ६८ र पन्छी ४ सय ५९ वटा भूकम्पमा परी मरेका छन् । रुकुम पश्चिममा गाई गोरु ६, राँगा भैँसी ८ भेडा बाख्रा २८ र पन्छी ३ सय ९ मरेका छन् । जाजरकोटमा ६७ खोर गोठमा भूकम्पले क्षति पुर्‍याएको छ । रुकुम पश्चिममा ४ वटा खोर गोठमा क्षति पुर्‍याएको छ ।

जाजरकोटमा ८६ गाई गोरु, १४ राँगा भैँसी, ४ सय ९२ भेडा बाख्रा र रुकुम पश्चिममा ७ गाई गोरु, ३ राँगा भैँसी, ४ भेडा बाख्रा घाइते भएका छन् । जाजरकोटमा २ करोड १८ लाख ४ हजार बढीको क्षति भएको छ भने रुकुम पश्चिममा ३३ लाख १८ हजार बढीको क्षति भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस